जम्मु-कश्मीरबारे भारतले गर्यो नेपालसँग औपचारिक छलफल

बुधबार, साउन २२, २०७६



काठमाडौं । विश्व राजनीतिमा तरंग ल्याउन सफल जम्मु कश्मीर घटनाका बारेमा भारतले नेपाललाई ब्रिफिङ गरेको छ ।

आफ्नो पक्षमा समर्थन जुटाउने उद्धेश्य सहित भारतले मंगलबार भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँग छलफल गरेकाे हाे । औपचारिक भेटमा भारतीय विदेश सचिव विजय शेखर गोखलेले मोदी सरकारको पछिल्लो निर्णयबारे राजदूत आचार्यसँग   ब्रिफिङ गरेका  हुन् ।

भारतले अनुच्छेद ३७० खारेज गर्ने सम्बन्धी प्रस्ताव राज्य सभामा पेस गरेकै दिन सोमबारदेखि अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउन पहल सुरु गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata