जम्मू कश्मीर विधानसभा भंग

बिहिबार, मंसिर ६, २०७५



नयाँ दिल्ली । भारतीय राजनीतिमा छुट्टै स्थान कायम राख्न सफल जम्मू कश्मीर विधानसभा राज्यपाल सत्यपाल मलिकले भंग गरेका छन् । राज्यमा गठबन्धन सरकार निर्माण गर्न दुई पार्टीले एक साथ दावा गरेपछि राज्यपाल मलिकले यस्तो कदम उठाएका हुन् ।

८७ सदस्यीय जम्मू कश्मीर विधानसभामा बहुमतको निम्ती ४४ सांसदको जरुरत पर्दछ । केवल दुई सांसद भएको पिपुल्स कन्फ्रेन्सका नेता सज्जाद लोनले बिजेपी सांसद २६ र अन्य १८ विधायकको समर्थन सहित सरकार बनाउने दावा गरे भने, महबुबा मफ्तीले पनि सरकार बनाउने दावा गरेकी थिइन् ।

मौजुदा विधानसभामा पिडिपी सबै भन्दा ठुलो पार्टी रहेको छ । जसको सांसद संख्या २९ रहेको छ । नेशनल कन्फ्रेन्सको १५ र कांग्रेसको १२ विधायक सहित जम्मा ५६ सांसद आफ्नो पक्षमा रहेको मुफ्तीको दावा पछि राज्यपालले विधानसभा भंग गर्ने निर्णय लिएका हुन् । विधानसभा भंग गर्नु पर्ने कारणमा राज्यपालले खरिद विक्रिको आशंका बताएका छन् ।

साथै जम्मू कश्मीरको मौजुदा हालत नाजुक रहेको, सुरक्षा बलको निम्ति स्थायी र सहयोगात्मक परिस्थिती निर्माण गर्न जरुरी छ ।  राजनैतिक अस्थिरताको आडमा आतंकबाद मौलाएको हुनाले विधान सभा भंग गर्दै ६ महिना भित्र निर्वाचन गराइने जनाइएको छ ।

151 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank