पत्रकार खसोग्गी हत्या प्रकरण, पाँच जनालाई मृत्युदण्डको सजाय

मङ्लबार, पुस ८, २०७६



एजेन्सी । साउदी अरेबियाका पत्रकार जमाल खसोग्गीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । हिजो(सोमबार)साउदी सरकारी वकिलको कार्यालयले पत्रकार खसोग्गीको हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्ड र तीन जनालाई २४–२४ वर्ष जेल सजाय सुनाएको हो ।

यो घटनामा साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानका सल्लाहकार साउद अल–खतानीसँग सोधपुछ गरिएको थियो । तर, उनीमाथि कुनै खालको आरोप लगाइएको छैन ।

टर्कीले साउदीका अधिकारीहरुको आदेशमा खसोग्गीको हत्या भएको आरोप लगाएको थियो । यद्यपि, साउदीले यो आरोप अस्वीकार गर्दै आएको छ । अन्तर्राष्ट्रिय जगतमा यो हत्यालाई लिएर चर्को आलोचना भएको थियो ।

अमेरिकी गुप्तचर संस्था सीआईएसहित पश्चिमा मुलुकका सरकारहरूले साउदीका क्राउन प्रिन्सले नै खसोग्गीको हत्या गर्न लगाएको बताएका थिए । तर साउदी अधिकारीहरूले यो आरोपको खण्डन गर्दै प्रिन्सको कुनै हात नरहेको दाबी गरेका थिए ।

अमेरिकी नागरिक खसोग्गी साउदी राजकुमार मोहम्मद बिन सलमान र उनको नीतिका खरो आलोचक मानिन्थे । टर्कीको राजधानी इस्तानबुलस्थित साउदी कन्सुलरको कार्यालयभित्र सन् २०१८ को अक्टोबर २ मा वाशिंगटन पोस्टका स्तम्भकार खसोग्गीको हत्या भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments