जलवायु सम्मेलन एक वर्ष पछि धकेलियो

बिहिबार, चैत्र २०, २०७६



कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बेलायतको ग्लास्गोमा हुने तय भएको जलवायु सम्मेलन एक वर्ष पछि धकेलिएको छ ।

बेलायत र संयुक्त राष्ट्रसंघका अधिकारीहरूले इन्टरनेटमार्फत् एउटा भर्चुअल बैठक गरेपछि संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

यसै वर्षको ९ नोभेम्बरबाट सुरु हुने बताइएको राष्ट्रसंघीय वार्षिक भेला कोप–२६ मा दर्जनौँ विश्व नेताहरू सहभागी हुने कायक्रम थियो । अब सो सम्मेलन सन् २०२१ को मध्यसम्ममा हुने अपेक्षा गरिएको छ।

विश्वभरि कोरोना भाइरसको संक्रमण फैलिरहँदा जलवायु सम्मेलन स्थगित गर्नुपर्ने आवाज उठेका थिए । स्कटल्याण्डको ग्लास्गो सहरमा सम्मेलनका लागि प्रतिनिधिहरू, पत्रकार र वातावरण अभियानकर्ता गरेर झण्डै ३० हजारको संख्यामा मानिसहरू भेला हुँदै थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments