पाँच महिनादेखी जेब्रेगाड लघुजलविद्युत नबन्दा उपभोक्ता मर्कामा

बुधबार, भदौ २५, २०७६

- दिपकराज जोशी



बझाङ । सुर्मा गाउपालिका स्थित अना जेब्रेगाड लघुजलविद्युत बन्द हुदा उपभोक्ता मर्कामा परेका छन् । २०७२ सालमा बनेको जलबिद्युत करिब ५ महिना देखि मेसिन बिग्रेर बन्द भएको हो ।

३० किलोवाट क्षमता भएको उक्त जलविद्युतको खोलाले कुलो समेत बगाउदा झन समस्या थपिएको अना जेब्रेगाड लघुजलविद्युत उपभोक्ता समितिका अध्यक्ष लखिचन्द बोहराले बताए।

मेशिनका पाटपुर्जा बिग्रेर बनाउन नसक्दा हालसम्म जलविद्युत बन्न नसक्दा अध्यारोमा बस्नुपरेको र मोबाईल चार्ज लगाउन १५० घरधुरिलाई समस्या परेको सुर्मा गाउपालिका वडा नम्बर २ का सुबास बोहराले बताउछन् ।यति लामो समय सम्म सरोकारबालाले विजुली नबनाउदा उपभोक्ता मर्कामा परेका छन् ।

जनताले पाउने सेवा सुबिधामा जनप्रतिनिधिहरुले चासो नदिएको आरोप उपभोक्ता लगाई रहेका छन् । अब छिट्टै नहर र मेशिन मर्मत गरि विद्युत सुचारु गरिने वडा अध्यक्ष बोहरा जानकारी दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata