जलवाष्पयुक्त वायुको प्रभाव : मुलुकभर चिसो बढ्यो

मङ्लबार, मंसिर १०, २०७६



काठमाडौं । अरेबियन सागर र भारतको जम्मुकास्मिर हुँदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले  मुलुकभर चिसो बढेको छ। पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा हिमपात शुरु भएको हो

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि पूर्वी पहाडी र हिमाली भेगमा हल्का हिमपात शुरू भएयता मध्यभेग, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा पश्चिमी वायुको प्रभाव रहने छ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अबका दिनहरूमा मौसम बदलिने, हवाई भिजिबिलिटी घट्ने, चिसो बढ्ने र अधिकतम तापक्रम घट्ने क्रम अझै केही दिन जारी रहनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata