जलाशययुक्त परियोजना सञ्चालन गर्न माग

शनिबार, बैशाख २९, २०७५



पर्वत ।

कालीगण्डकी नदीमा जलाशययुक्त परियोजना सञ्चालनका लागि स्थानीय तह सहमत भएका छन् ।

प्रदेश नं ४ अन्तर्गत पर्वत र बागलुङका साथै प्रदेश नं ५ स्थित गुल्मीका स्थानीय तहले संयुक्त रुपमा यस्तो आयोजना अगाडि बढाउन संघीय सरकारसँग माग गरेका हुन् ।

कालीगण्डकी नदीमा बाँध निर्माण गरी जलाशययुक्त विधुत परियोजना सञ्चालन भएमा यस क्षेत्रको विकास तथा राष्ट्रिय समृद्धि हुने भएकाले राष्ट्रिय गौरवको योजनाका रुपमा अगाडि बढाउन स्थानीय तहले संयुक्त रुपमा माग गरेका छन् ।

पर्वत जिल्लाका कुश्मा नगरपालिका, फलेवास नगरपालिकाका साथै बिहादी गाउँपालिका, बाग्लुङका जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले सरकारसँग परियोजना सञ्चालनका लागि माग गरेका हुन् ।

‘कालीगण्डकी नदीमा बाँध निर्माण गरी विधुत परियोजना सञ्चालन भएमा जल मार्ग, पर्यटन र रोजगारीको विकासमा सहयोग पुग्छ’, फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणि शर्माले भने यस्ता परियोजनाले राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पु¥याउँछ ।

बहुद्देश्यीय परियोजना सञ्चालन भएमा ४ नं र ५ नं प्रदेशका जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने भएकाले यस्तो अभियानमा लागेको बागलुङ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रप्रसाद पौडेलले बताए ।
विज्ञका रायका आधारमा यस्तो अभियान थालिएको र यो परियोजना सञ्चालन ल्याउन सकेमा एक हजार मेगावाट विधुत समेत उत्पादन हुने विज्ञहरुको राय रहेको फलेवास नगरपालिकाका प्रमुख शर्माले बताए ।

108 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank