जलालुदिन हक्कानीको मृत्यु

मङ्लबार, भदौ १९, २०७५



अफगानिस्तान । अफगानी आतंकवादी संगठनका संस्थापक जलालुदिन हक्कानीको मृत्यु भएको छ । लामो समयदेखि विरामी रहेका हक्कानीको तालीवान र अलकायदासँग नजिकको सम्बन्ध थियो । उनको मृत्युको मिति र स्थान लुकाइएको समाचारमा भनिएको छ–उहाँले आफ्नो युवा उमेर र स्वास्थ्यमा अल्लाहको धर्मको लागि ठूलो कठिनाइको सामाना गर्नुभएको थियो । साथै, उहाँले लामो समयसम्म रोगलाई सहनुभयो ।

पछिल्ला वर्षहरूमा अफगानी र नेटो सेनामाथि व्यवस्थित आक्रमण गराउन हक्कानी नेटवर्कको ठूलो हात रहेको मानिदै आएको थियो । अनेकौँ पटक फैलाइएको हल्लाहरूमा हक्कानी मारिएको वर्षौ भइसकेको छ । सन् १९८० मा सोभियत सेना अफगानिस्तान पसेपछि उनी अफगान गुरिल्लाको नेता भएका थिए । तत्कालिन समयमा सिआइएले संचालन गरेको हक्कानी पछि खुँखार अमेरिका विरोधी बनेर निस्के ।

सन् १९९६ मा तालिवानले सत्ता कब्जा गरेपछि उनलाई उदाहरणीय योद्धा र युगकै महान प्रतिष्ठित जेहादी व्यक्तित्व भनियो । बिबिसीका काबुल सम्वाददाता महफुज जुबेदले भने स्वास्थ्यको कारण वर्तमान समयमा हक्कानीको महत्वपूर्ण र सामरिक भूमिका थिएन । तर, आतंकवादी समूहहरूको प्रेरणाको स्रोत भने अवश्य थिए । उनको मृत्युले अफगानिस्तानको विद्रोही शक्तिमा नराम्रो मनोवैज्ञानिक असर भने छाडेको छ ।

हाल अफगानिस्तानमा सवैभन्दा शक्तिशाली र डरलाग्दो आतंकवादी समूहहरू काम गरिरहेका छन् । जुन हक्कानी नेटवर्कसँग आवद्ध छन् । यो संस्था अन्य संस्थाभन्दा अधिक स्पष्ट छ । आत्मघाती हमला र ट्रक विस्फोटजस्ता गतिविधिमा सम्लग्न संस्थालाई हक्कानीको मृत्युले ठूलो धक्का पुग्ने अनुमान गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata