जाजरकोटमा एक युवक मृत फेला

शनिबार, मंसिर २८, २०७६



जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् । शिवालय गाउँपालिका–३ शिवालयका ३० वर्षीय मानबहादुर बुढा शुक्रबार मृत अवस्था फेला परेका हुन् ।

उनको शव शिवालय गाँउपालिकाको कार्यालय नजिकै भेटिएको थियो । उनलाई कसैले हत्या गरेको हुन सक्ने स्थानीय र आफन्तले आशंका गरेका छन् । मृतकको शव सदरमुकाम स्थित जिल्ला अस्पताल ल्याएर पोष्टमार्टम गरिएको छ ।

‘चोटपटक खासै केही देखिँदैन,’ जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्रीले भने, ‘अहिलेसम्म परिवारले किटानी जाहेरी दिएका छैनन् । संकास्पद ५ जनासँग प्रहरीले सोधपुछ गरेको छौं । कसैलाई पक्राउ गरिएको छैन अघिल्लो दिन केही साथीहरुसँग जाँड खाएको बुझियो । लडेर मृत्यु भएको पनि हुन सक्छ । अनुसन्धान जारी छ । ’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments