पुटिनका आलोचक नाभाल्नीलाई जेल सजायको फैसला

मङ्लबार, भदौ १२, २०७५



मस्को । रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ ।

विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले ३० दिन जेल सजाय दिने फैसला गरेको हो । यसै बर्षको सुरुमा नाभाल्नीको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले जेल सजाय तोकेको समाचारमा जनाइएको छ ।

उनकै नेतृत्वमा आयोजना गरिएको अर्को राजनीतिक ¥याली हुन लागेको अघिल्लो दिन अदालतले यस्तो फैसला सुनाएको हो ।

टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटक पटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताए ।

नाभाल्नीलाई शनिबार बेलुका नै मस्कोमा रहेको उनको घर बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata