झाडापखलाका कारण एकै गाउँका ५० भन्दा बढी बिरामी

आइतवार, जेष्ठ २६, २०७६



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ स्थित विन्जेलमा फैलिएको झाडापखलाका कारण एकै गाउँमा ५० जना भन्दा बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको छ । बिरामी हुनेमा भुजेलहरुको बस्ती रहेको विन्जेल, मुलाबारीका धेरै रहेका छन् ।

बिरामीको खाडिचौरस्थित सिन्धु सदबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै बेडमा तीनजनासम्म बिरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिएका छन् ।

शुक्रबार गाउँमै भएको बिहेमा गाउँलले भोज खाएका थिए । फुड पोइजन भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सँगै, पानीका कारण महामारी फेलिएको हुनेसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताएका छन्  ।

झाडापखलाका कारण बिरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केहीको स्थिति गम्भीर छ । गाउँबाट बिरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको स्थानीय विनोद नेपालले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata