सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला

बुधबार, चैत्र ७, २०७४



पोखरा । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताएका छन ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा बुधबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा उनले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् ।

आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)लाई सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुका साथै आगामी बजेटमा खेललाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री विश्वकर्माले बताए ।

पोखरासहित प्रदेश ४ मा खेल पर्यटनका अत्याधिक सम्भावना रहेको उल्लेख गर्दै उनले यसको उजागरका लागि सरकार लागि पर्ने धारणा राखेका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सरकारभन्दा पनि निजी क्षेत्रबाट खेल क्षेत्रका पूर्वाधारमा लगानी भइरहेको धारणा राख्दै यस क्षेत्रको विकासमा राज्यको लगानीले प्राथमिकता पाउनु पर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य दीपक कोइरालाले खेलाडीलाई खेलेर जीविकोपार्जन गर्ने अवस्था नआउँदासम्म यस क्षेत्रको अपेक्षित विकास हुन नसक्ने बताएका थिए ।

कार्यक्रममा जिल्ला बास्केट बल संघ कास्कीका अध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराललगायतले मन्त्री विश्वकर्माको कार्यकालमा उत्साहजनक रुपमा खेल क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे ।

314 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank