‘एन्टी ड्रन्क एण्ड ड्राइभीङ क्याम्पियन’ चलाउने साबुरिदोले संसार छाडिन

बुधबार, बैशाख ११, २०७६



एक महिला जसको भयानक डरलाग्दो अनुहार ‘ड्रन्क ड्राइभीङ’ को प्रतिक बनेको छ । उक्त अनुहारलाई रक्सी पिएर सवारी चलाउँदा हुने खतराको प्रतिक मानिएको छ ।  सन् १९९९ मा भएको कार दुर्घटना पश्चात जलेको जाकक्यु साबुरिदोको अनुहार ‘ड्रन्क ड्राइभीङ’ को प्रतिक बनेको हो ।फ्द्सद्फ्स्दफ्ग

टेक्सास अल्कोहल पेय आयोगका अनुसार उनको ४० वर्षको उमेरमा ग्वाटेमालामा क्यान्सरका कारण मृत्यु भएको हो ।

कार दुर्घटनाको समय साबुरिदो २० वर्षकी थिइन् । जन्मदिनको पार्टी मनाउंदै आफ्ना चार साथी सहित उनी घर तर्फ फर्कदै थिइन् ।  अस्टिन, टेक्सासमा उनको कार दुर्घटनाग्रस्त बन्यो  ।

Jacqueline-Saburido
रक्सीले मातेका १८ वर्षिय युवक लेन छोडेर कारलाई जथाभावी हुइक्याउँदै  थिए । युवकले हाँकेको कार अनियन्त्रीत हुँदै दुर्घटना हुँदा साबुरिदो शख्त घाइते बनिन भने  अन्य दुई यात्रीको  तत्काल मृत्यु भयो फ्दस्स्फद्ग्ग्स

साबुरिदो कारको अगाडीको सिटमा बसेकी थिइन् । सो दुर्घटना पश्चात उनको शरीरको ६०% भाग जलेको थियो । जसलाई थर्ड डिग्री बर्न पनि भनिएको छ । सो दुर्घटना पश्चात उनको  बायाँ आँखा, परेला, आँखी  भौं, ओठ, नाक, कान र हात कुँजो बन्न पुग्यो ।

फ्दफ्ड्स

सेप्टेम्बर १९. १९९९ को दिन बिहानको ४ बजे उक्त घटना भएको  थियो । नात्रिलिया बेन्नेटको कारमा सवार साबुरिदो सहित चार जनाको टोलीलाई ठक्कर दिने १८ वर्षिया रेग्गी स्टेफे हुन् ।  स्टेफे सात वर्षको जेल सजाय काटी २००८ मा सजायमुक्त भइ फर्किएका छन् ।ह्दफ्द्फ्ह

साबुरिदोको जलेको अनुहार र हात परिवर्तन गर्न १०० भन्दा बढी सर्जरी आवश्यक थियो । उनको उपचारको लागि ५ मिलियन डलर भन्दा ज्यादा खर्च हुने अनुमान गरिएको थियो । तर उनले आफ्नो अनुहार परिवर्तन गर्न रुचाइनन् । बरु उनी सोहि अनुहार लिएर विभिन्न गोष्ठी र कार्यक्रममा पुगी रक्सी सेवन गरि सवारी चलाउँदा हुने खतराको प्रत्यक्षदर्शी बनि जनचेतना फैलाउन थालिन।

ग्फ्हह्फ्द

टेक्सास अल्कोहल पेय आयोगमा उनले ‘एन्टी ड्रन्क एण्ड ड्राइभीङ क्याम्पियन’ चलाईन । विभिन्न विद्दालयमा उनको सक्रिय उपस्थिति रहन्थ्यो । “यो मेरो शरीर रक्सी पिएर सवारी चलाउँदा हुनसक्ने खतराको प्रतिक बन्छ भने म यो अनुहार बोकेर किन नहिडु ?” उनले त्यस्ता कार्यक्रमहरुमा भन्ने गरेकी थिइन् । “रक्सी पिएर सवारी चलाउँदा मेरो जस्तै अनुहार बोकेर हिड्नुपर्ला, सचेत रहनुहोस् ।”, उनी भन्ने गर्थिन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata