जकारान्डा कि शिरीषको फुल ?

बुधबार, बैशाख २५, २०७६



काठमाडौं । वसन्त आगमनसँगै काठमाडौंलाई सुन्दर बनाउन लागिपर्छ । प्लास्टिक, धुलो, धुवाँ, गाडीका घ्यार्रघुर्र र मानिसहरुको हतारोबीच आफ्नो बैजनी रंग सहित मुस्कुराईरहन्छ । फुटपाथ, छाना, छत र सडक बैजनी बनाउँछ ।

६६ मिटर देखि ९८ मिटरसम्म अग्ला रुखहरुले यतिबेला राजधानीलाई ढपक्कै छोपीदिएको छ । ८/१० महिनासम्म शहरी प्रदूषण र कोलाहल सहेर उभिरहने यस रुख वसन्त आएसँगै शहरलाई यौवानास्थामा ल्याउन लालाहित देखिन्छ ।

धेरैजसोले शिरिषको फुल भनेर नामाकरण गर्ने यस रुखको  वैज्ञानिक नाम जकारान्डा माइमोसिफोलिया (Jacaranda mimosifolia)  हो  । शिरीषको पातसँग धेरै मेल खाने हुँदा हरकोही यस  दुविधाआमा पर्ने गर्छन् । अझ पारिजातले आफ्नो उपन्यास ‘शिरिषको फुल’ मा जकारान्डालाई शिरीषको फुल भनेर वर्णन गरेको भेटिन्छ  । जसका कारण पनि यो दुविधा भएको हो ।

“किताबको नाम छ ‘शिरीषको फूल’ । र मचाहिँ शिरीषको फूल नै नचिनेको मान्छे । किताब पढुन्जेल मेरो आँखामा जराकाण्ड आइरह्यो – पछि थाहा पाएँ अंग्रेजीमा यसलाई Mimosa Sirisa भन्दारहेछन् । यी फूल पत्याइनसक्नु किसिमले राम्ररी फुल्छन् रे !” शंकर लामिछानेले ‘शिरीषको फुल’को भूमिकामा लेखेका छन् । ईश्वर बरालले पारिजातको उपन्यासको नाम नमिलेको कुरा उठाएका पनि थिए । तर त्यो कुरा आजसम्म कसैले पनि सुनेनन् ।

सक्कली शिरीष

सक्कली शिरीष Photo: Jack Scheper/Floridata.com

वास्तवमा अंग्रेजीमा ‘माइमोसा सिरिसा(Mimosa Sirisa)’ भनिने शिरीषको फूल जकारान्डाभन्दा नित्तान्त रूपमा फरक हो । जकारान्डा र शिरीषको फुल नितान्त फरक हुन् भनिरहे पनि आममानिस अझै पनि झुकिरहेका छन् ।

वैशाखमा उच्च गर्मिमा जोकोहीका आँखालाई पनि यस फूलले शितलता प्रदान गर्छ । नेवारीमा ‘चखुँचा स्वाँ’ भनिने यस फुलको नेपाली अर्थ भँगेरी फूल भन्ने हुन्छ । जकारान्डाको झरेको फूल हातमा राखेर हेर्दा भँगेरोजस्तै देखिने भएकाले भँगेरी फूल भनिएको हुनसक्छ । भारतमा  नीलमोहर/नीलमोर नामले बोलाइने यस फुल गुलमोहराको रूख जस्तै हुने गर्दछ । नील वर्णको फूल, मयुर जस्तो देखिन्छ भन्दाभन्दै भँगेरोजस्तो देखिन थालेको र यसलाई  नेवारीमा ‘चखुङ्चा स्वाँ’ भनिएको पाइन्छ  ।

बेलायतकी महारानी एलिजाबेथ नेपाल आउँदा राजधानीका बाटाहरु राम्रा बनाइएका थिए । बाटो किनारमा छिटो बढ्ने नयाँ बोटबिरुवा लगाइएछन् । त्यसबेला जकारान्डा पनि छानिएको कथनहरु भेटिने गर्दछ ।

रत्नपार्क, दरबारमार्ग, रिंगरोड, शहिदगेट, सिंहदरबार, आदि स्थानमा ढकमक्क नीलो भइ फूलेका सुन्दर जकारान्डा देख्दा हरकोहीको शहरिया मन बौरिएर आउँछ नै । दिनभरीको भागदौडले मानिसलाई थकित बनाए पनि जकारान्डा फूलेको दृश्यले केही हदसम्म भएपनि उनीहरुको मुहारमा मुस्कान छर्ने काम गरेको छ। यस फुलको छहारीमा रहँदा मात्रै पनि शहरी थकान कम हुने बताउने धेरै छन् ।

काठमाडौंको गहना बनेको जकारान्डा फोटोमा हेर्नुहोस्,

द्फ्फदद्फ्स - Copy

द्फ्गग्स - Copy

फ्स्द्गग्स्फ्स - Copy

द्सद्फ्स - Copy

फ्स्द्गग्स्फ्स

फ्द्गफ्स्ग - Copy

द्फ्गग्स - Copy

घ्फ्ग - Copy

ग्ग्सग्स - Copy

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata