साउनको सोमबार !

लघुकथा

मङ्लबार, साउन ७, २०७६

- सीता ओझा



लघु कथा : साउनको सोमबार 

सुनिताले अफिसको टेबुल भरि हरिया र पहेँला  रङ्गका चुराहरू राखेर बसी रहेकी थिइन् ।

थाममा उभिएर भित्र छिरेकी अनिताले हेर्दै हाकिमकोमा पसिन र टक्क उभिइन ।

उभिएको एकैछिनमा रामविलासले लिएर गएको फाइलको काम सकियो। ” हस सर ” भन्दै रामविलास बाहिरीए ।
रामविलास हिड्नेबित्तिकै अनिताले नमस्कार गरिन् र भनिन् , “सर आज श्रावण महिनाको पहिलो सोमबार पशुपति त जानै पर्छ । ”

“आफ्नो पति र सन्तानको सुख सम्वृद्धिको  कुरा पर्यो । के गरौ सर ? ”

मुरलिधर ( हाकिम) ले भने, “तपाईं हिजो पनि ढिला आउनु भयो । काम छ भनेर चाडै निस्कनु भयो । ”
“आज पनि सोमबार भनेर पशुपतिनाथको दर्शन गर्न जानैपर्छ भन्नु  हुन्छ ! कामको चाप निकै छ ।”
“तपाईंको टेबुलमा हेर्नुस् त फाइलको चाँङ !”
“काममा पनि मन दिनुस् न !”

अनिताले खुट्टाले भुइ कोट्याउदै  फेरि भनी , “हैन सर, आज सोमबार परेकोले नै  ती फाइल वालालाई त मैले एक हप्तापछि मात्रै सम्पर्क गर्नु भनेकी छु । अहिल्यै तिनीहरू आउन्न्  सर ! भोलि आएर म गरिहाल्छु नि ! ”

अनिताले बोल्न नभ्याउदै सुनिता हातमा चुरा हल्लाउँदै आइन् र भन्न थालिन्, ” ए अनिता तिमीलाई चुरा ल्याइदिएकी थिए । किन यतै अल्मलिएकी नि ? ”

हातको चुरा अनितालाई दिदै सुनिताले भनिन्, ” सर हजुरको मेडमलाई पनि मैले साउने चुरा ल्याईदिएकी छु, लगिदिनुस् है ।  ”

टेबुलको छेउमै आएर सुनिताले चुरा र टीका दिइन् ।  र फेरि भनिन्, ” सर आज पशुपति जान्छु है।  साउनको सोमबार पर्यो । अनितासगैं जान्छु नि ल ।  ”
मुरलिधर छक्क परेर हेरिरहेका थिए ।

फाइल छोडेर जाने मध्येका तीन जना टुप्लुकै कोठा भित्र छिर र भने, ” सर हाम्रो फाइल कता पुग्यो ? हामी त दार्चुलाबाट आएको, हेर्नुस् न निकै दिन भयो ! ”
” सरकारी काम लिन  यसरी धाउनु पर्या छ, एक पटकमा झण्डै तीस चालीस/ हजार खर्च हुन्छ । ”
” आज काम सक्न पाए हुने थियो । ”

” अनिताजी ल त्यति काम सक्नुस् अनि पशुपति जानू होला ।  वहाँहरूले पनि निकै दुख पाइसक्नु भयो, काम सकिदिउँ न है !”

अनिताको अनुहार एकैछिनमा रातोपिरो भयो । चिटचपट पसीनै पसीना हुँदै अनिताले भनिन् ,
” म आज तपाईंहरूको काम गर्न सक्दिन । मैले तपाईंलाई भनेकै थिएँ नि ।  एक साता पछि आउनुस भनेर ।”किन आज आउनु भएको नि ? ”
“किन र मेडम ? ”
” सरले त काम सकि दिउँ भन्दै हुनुहुन्छ नि ।  ”
” सकिदिनुस् न ! ”
” त्यसो भए सरले नै गरिदिनु हुन्छ ” भन्दै फुतै हिडिन् । अनिता हिडेको देखेर सुनिता पनि हिडिन ।

मुरलिधरले भने, ” हेर्नुस अहिलेका महिलालाई केही भन्न हुन्न, देखि हाल्नु भो,  हिडि हाले ।  मैले रोक्न सक्दिन । केही भन्यो भने म माथि हिंसा भयो भनेर कोकोहोलो मचाउछन । अब भोलि आउनुस् ।  आज सोमबार परेछ , पशुपति जान्छन रे । ”
फाइलवाल मध्येको एक जनाले भने, ” सर धर्म गर्न जानेले कार्यलयिय काम र सेवामा असर पर्ने गरि मन्दिर जानू पनि त पाप हो नि ! ”
” कार्यलयिय काम प्रभावमा पर्ने गरि काम छोड्न दिनु या काम नगर्नु एउटै हैन र ? ”
” यसमा तपाईं पनि दोषी हुनुहुन्छ नि, हैन र !”
” उहाँहरूको विदा जनाउनुस र अरूबाट हाम्रो काम गराउनुस ।”
” कस्तो अचम्म ! तनखा चाहििँ  सरकारले  दिने अनि कहिले सोमबार, कहिले मङ्लबार भनेर कार्यलयको काममा बाधा पुर्याउने  ! ”
“अनि अनाहकमा हामीले चाहिँ दुख पाउने ,  पैसा सकेर कुरिरहनु पर्ने ! ”
” यस्तो तिर्थव्रतमा कार्यलयिय काम छोड्न मिल्ने कुरा कुन नियमावलीमा छ सर ? मलाई देखाई दिनुस त ! ”
” काममा बाधा हुनेगरि धर्म गर्न कार्यलयिय भएर त पाइदैन नि सर ?”
” तपाईं हाकिम हैन ? खै ! केही भन्नू भएन त ? “

मुरलिधर वाल्ल परेर सुनिरहे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata