फाइभ स्टार आन्दोलनको प्रमुख डि माईओले दिए राजीनामा

बिहिबार, माघ ९, २०७६



एजेन्सी । इटालीको सह-शासक लुइगी डि माईओले बुधवार स्टार फाइभ आन्दोलनको नेताको रूपमा राजीनामा दिएका छन् । उनको राजीनामाले पार्टीमा गहिरो विभाजन गर्ने साथै अराजक सरकार गठबन्धनको लागि अनिश्चितता थप गर्ने विज्ञहरूले जनाएका छन् ।

डि माईओले क्षेत्रीय प्रमुखहरुको नयाँ संरचना प्रस्तुत गर्ने एक कार्यक्रममाबीच उनले आफ्नो पार्टी सदस्यहरूलाई भने,  “आज म स्टार आन्दोलनको प्रमुखको रूपमा राजीनामा दिन यहाँ आएको हुँ ।”

को हुन्  डि माईओ ?

११ वर्ष पुरानो राजनीतिक आन्दोलनको सह- नेता डि माईओले लगभग दुई वर्ष अघि इटालियन आम चुनावमा पार्टीलाई पहिलो स्थानमा पुर्‍याएका थिए । उनले भने कि स्टार फाइभको आन्तरिक नियम समितिका प्रमुख भिटो क्रिमीले आउँदो महिनामा हुने आमसभामा नयाँ नेता छनौट नभएसम्म केयरटेकरको पदभार सम्हाल्नेछन्।

यसको जवाफमा इटालीका प्रधानमन्त्री ज्युसेपे कोन्टेले भने कि उनका विदेशमन्त्रीले लिने कुनै पनि निर्णयको सम्मान गर्ने छन् । “मलाई पक्का विश्वास छ कि उनले यस्तो जिम्मेवारी ठूलो जिम्मेवारीका साथ लिनेछन् ,” कोन्टेले इटालियन रेडियो आरटीएल १०२.५ लाई भने ।

स्टार फाइभले सन् २०१८ मा  राष्ट्रिय चुनावमा ३३ प्रतिशत मत ल्याएको थियो , तर त्यसबेलादेखि यसको लोकप्रियता ह्रास हुँदै गएको थियो । पछिल्लो सर्वेक्षणअनुसार पार्टीले १५ प्रतिशत मतमा चित्त बुझाएको छ ।

गत सेप्टेम्बरमा लीग नेता मट्टेओ साल्विनीले सरकार छोडेपछि वामपन्थी डेमोक्र्याटिक पार्टी (पीडी) सँगको गठबन्धनमा हात मिलाएसँगै यसले दायाँ लीगसँग गठबन्धनको गठन गरेको थियो ।

डि माईओ सरकारमा पीडीमा सम्मिलित हुने बारे सचेत थिए तर पार्टीका धेरै सांसदहरूले ताजा चुनावको विरोध गरेपछि   स्टार फाइभ संस्थापक बेप्प ग्रिल्लोले हस्ताक्षर गर्न हिचकिचाएका थिए ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments