६० वर्षपछि इटाली रुँदै विश्वकप फुटबलकाे छनौट चरणबाटै बाहिरियाे

मङ्लबार, कार्तिक २८, २०७४



                                                 इटालीका जियान लुइजीबुफाेन।
चार पटककाे विश्वकप विजेता इटाली विश्वकप फुटबलकाे छनौट चरणबाट बाहिरिएकाे छ। मिलानमा भएको छनौटको अन्तिम मौका खेल अर्थात् प्ले अफमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीकाे विश्वकप यात्रामा पूर्णविराम लागेकाे हाे।

काठमाडौं । चार पटकको विश्वकप विजेता इटाली विश्वकप फुटबलको छनौट चरणबाट बाहिरिएको छ। मिलानमा भएको छनौटको अन्तिम मौका खेल अर्थात् प्ले अफमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीको विश्वकप यात्रामा पूर्णविराम लागेको हो ।

पहिलो चरणमा इटलीलाई ०–१ गोलअन्तरले हराएको स्वीडेनले अब अर्को वर्ष रुसमा हुने विश्वकपमा सहभागिता जनाउने छ। उक्त नतिजापछि इटालीका प्रशंसकहरुले निराशा व्यक्त गरेका छन्।

आँसुमा डुबेका इटालीका ३९ वर्षीय गोलरक्षक जियानलुइजी बुफोनले टोलीका प्रशंसकहरुसँग माफी मागेका छन्। ‘अन्तिम औपचारिक खेलबाट इटाली विश्वकपका लागि छनौट हुन नसकेको संयोग दुर्भाग्यपूर्ण हो,’ उनले भनेका छन्, ‘यसको सबैले जिम्वेवारी लिनुपर्छ।’

कसैलाई पनि एक्लै दोष नलगाउन उनले आग्रह गरे। इटालीको एउटा प्रमुख खेल समाचारपत्रले टोलीको विफलतालाई ‘महाप्रलय’ भनेको छ। र, फुटबल टोलीका प्रशिक्षकलाई बर्खास्त गर्न माग गरेको छ।

तर, इटालीका व्यवस्थापक ज्यामपिएरो भेन्टुराले आफ्नो राजिनामाबारे केही नबताएको बीबीसीले उल्लेख गरेको छ। इटालीका खेल पत्रकार मिना रुजुकी भन्छिन्, ‘विश्वकप खेल्न नपाउनु इटालीका लागि राष्ट्रिय शोक हो।’ अर्का विश्लेषकले स्वीडेनसँगका दुई खेलमा एउटा पनि गोल गर्न नसक्ने इटालीको टोलीलाई माफी दिन नसकिने बताएका छन्।

223 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank