इटालीमा काेराेना भाइरसबाट एकैदिन ४९ जनाकाे मृत्यु

शनिबार, फाल्गुन २४, २०७६



एजेन्सी । इटालीमा काेराेना भाइरस (कोभिड-१९)का कारण शुक्रबार एकैदिन ४९ जनाकाे मृत्यु भएकाे छ । याेसँगै त्यहाँ काेराेनाबाट मर्नेकाे संख्या १९७ पुगेकाे छ ।

इटालीमा ४ हजार ६ सय ३६ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ । विश्वभर कोरोनाकाे कहर जारी छ। चीनको वुहानबाट शुरु भएकाे काेराेनाकाे संक्रमण विश्वका ९० देशमा पुगेकाे छ ।

विश्वभरि करिब एक लाख दुई हजार बढी मानिसमा काेराेनाकाे संक्रमण देखिएकाे छ । चीनपछि इटली र इरान सबैभन्दा बढी कोरोनाबाट प्रभावित छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments