इटालीमा आगामी जुन एकदेखि अर्को देश जाने अनुमति दिइने

आइतवार, जेष्ठ ४, २०७७



एजेन्सी । इटलीले आगामी जुन महिनादेखि विदेश जान र आउन लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ ।  प्रधानमन्त्री जुजेप्पे कान्टेले इटालीभित्रको आन्तरिक वाह्य यात्रा खुला गर्न लागिएको जानकारी दिएका हुन् ।

त्यहाँ  कोरोना संक्रमणको महामारीका कारण बन्द भएका सिनेमा घर खुल्ने भएका छन् । यात्रामा लगाइएको प्रतिवन्ध हटाउने निर्णयसँगै सिनेमा घर पनि सञ्चालनमा ल्याउने प्रधानमन्त्रीले घोषणा गरेका हुन् ।

इटलीका प्रधानमन्त्री  कान्टेले लकडाउनमा छुट दिँदै जुन ३ देखि एकदेखि अर्को देश जाने अनुमति दिनुका साथै जिम स्विमिङ पुल, स्र्पोस्ट्स सेन्टर पनि खुल्ने घोषणा गरेका छन् ।

इटालीले पहिलो पटक १० मार्चमा लागू भएको घरेलु लकडाउनका सर्तहरू बिस्तारै सहज गर्दै गएको छ । ४ जुनमा अन्तराष्ट्रिय आवागमनलाई खुलाउने पहिलो कदम हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments