इटालीमा कोरोनाको मृत्युदर १० प्रतिशत पुग्यो

बिहिबार, चैत्र १३, २०७६



एजेन्सी । विश्वव्यापी महामारी कोरोना  मृत्युदर क्रमश बढेको छ । पछिल्लो ४८ घण्टामा ४ हजार बढी कोरोना पीडितको मृत्यु भएको छ ।

अघिल्लो दिन २ हजार ३ सय ८४ जनाको मृत्यु भएकोमा पछिल्लो दिन १ हजार ६ सय ५९ जनाको मृत्यु भएको हो ।

इटाली र स्पेनमा मृत्युदर निरन्तर बढेको छ । पछिल्लो २ दिनमा भएको मृत्युमा इटालीको मात्रै ३५ प्रतिशत रहेको छ ।

अघिल्लो दिन इटालीमा ७ सय ४३ जनको मृत्यु भएकोमा पछिल्लो दिन आज ६ सय ८३ जनाको मृत्य भएको छ ।

इटालीमा कुल संक्रमितमध्ये १० प्रतिशतको मृत्यु भएको छ । इटालीमा हालसम्म ७४ हजार ३ सय ८६ जना संक्रमित भएकोमा ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ ।

संसारका १८२ भन्दा बढी राष्ट्रमा ४ लाख ५५ हजार पुग्दा २० हजार ५ सय ५० जनाको मृत्यु भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments