रकेट आक्रमणपछि इजरेलले गर्यो इरानी अड्डामा हवाई आक्रमण

बिहिबार, बैशाख २७, २०७५



काठमाडौं । इजरेलले भनेको छ एउटा इरानी रकेट आक्रमणको जवाफमा उसले सिरियास्थित लगगभ सबैजसो इरानी सैन्य संरचनामा हमला गरेको छ।

इजरेली सेनाका अनुसार अधीनस्थ गोलन हाइट्स क्षेत्रमा रहेका उसका विभिन्न ठेगानामा गए रात बीस वटा रकेट हमला भएका थिए।

एकजना इजरेली प्रवक्ताका अनुसार उनको देशले हालैका वर्षहरूमा गरिएकामध्ये सबैभन्दा विस्तृत प्रकृतिको हवाई कारबाही गरेर प्रतिक्रिया जनाएको छ।

इजरेली लडाकु विमानहरूले दर्जनौँ इरानी लक्ष्यहरूमा आक्रमण गरेको आईडीएफले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ। आईडीएफका अनुसार चेतावनी दिँदादिँदै पनि सिरियाली पक्षले इजरेली लडाकु जेटहरूमा आक्रमण गरेपछि सिरियाका विभिन्न हवाई सुरक्षा प्रणालीलाई पनि निशाना बनाइएको थियो।इजरेली रक्षा मन्त्री अभिग्दोर लीबर्मानले आईडीएफले सिरियामा रहेका लगभग सबै इरानी संरचनाहरूमा आक्रमण गरिएको बताएका छन्।

इजरेलमा वर्षा हुन्छ भने त्यहाँ ठूलो वर्षा हुन्छ भन्ने उनीहरूले बुझ्नुपर्छ, उनले भने, ‘मलाई लाग्छ हामीले यो अध्याय यहीँ सकेका छौँ र सबैले सन्देश पाएका पनि छन्।’

इजरेलले तनाब बढाउन नचाहेको तर जस्तोसुकै परिस्थितिका लागि पनि तयार रहेकोमा टिप्पणी गर्दै लीबर्मानले भने, ‘इरानले प्रत्यक्ष रूपमा इजरेलमाथि आक्रमण गरेको छ एवम् इजरेली सार्वभौमसत्ता र अधीनस्थ भूभागमाथि आघात गर्ने प्रयास गरेको छ।’ इजरेलले किस्वाहमा आक्रमण गरेको एक दिनपछि यो सङ्घर्ष भएको हो ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरेलले एउटा इरानी हतियार भण्डारलाई निशाना बनाउँदा रिभ्युल्युश्नरी गार्ड्सका आठसहित सिरियाली सरकारलाई समर्थन गर्ने १५ सैनिकहरू मारिएका थिए।इरान इजरेलको शत्रुराष्ट्र हो। इरानले बारम्बार यहुदी राज्य इजरेलको अस्तित्व मेटाउन आग्रह गर्ने गरेको छ।

इरानले सिरियाका राष्ट्रपति बशार अल असदलाई सहयोग गर्न सयौँ सैनिक पठाएको छ। इरानका अनुसार उनीहरू सिरियाली सेनाका लागि सल्लाहकारका रूपमा गएका हुन्।

इरानले हतियार, तालिम र आर्थिक सहयोग दिएका हजारौँ लडाकुहरू सिरियाको गृहयुद्धमा सरकारी सेनासँग मिलेर लडिरहेका छन्।

असदलाई सहयोग गर्दा इरानले सिरियामा आफ्नो सैन्य उपस्थित बढाएको छ। त्यसलाई इरानले खतरा मानेको छ।केही अघि इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानलाई आक्रमण रोक्न नभए युद्ध हुन सक्ने भनेर चेतावनी दिएका थिए।

इरानसँग पश्चिमा देशहरूले गरेको परमाणु सम्झौताबाट अमेरिकालाई बाहिरिन नेतन्याहुले उल्लेख्य भूमिका खेलेको मानिन्छ।
बीबीसी

111 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank