उत्तरी इजरायलमा एन्टी ट्यांक रकेट प्रहार

सोमवार, भदौ १६, २०७६



एजेन्सी । लेबनानको शिया मुस्लीम मिलिट्यान्ट हिजबुल्लाहले उत्तरी इजरायलमा केही एन्टी ट्यांक रकेट प्रहार गरेको छ । इजरायलले अघिल्लो हप्ता ड्रोन आक्रमण गरेको विरुद्धमा हिजबुल्लाहले सो आक्रमण गरेको हुन सक्ने जनाइएको छ । इजरायली सेनाले आफ्नो बेस क्याम्प र मिलिटरी भेइकलमा रकेट प्रहार भएको स्वीकार गरेको छ ।

इजरायली सेनाले दक्षिणी लेबनानमा जवाफी आक्रमण समेत गरेको छ । हिजबुल्लाह समूहले केही इजरायली घटनामा परेको बताए पनि इजरायलले भने घटनामा कोही पनि घाइते नभएको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata