इजरायली प्रधानमन्त्री नेतान्याहूले बनाए समलिङ्गीलाई मन्त्री

बिहिबार, जेष्ठ २३, २०७६



एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आमिर ओहानालाई कार्यकारी न्यायमन्त्रीको रुपमा चयन गरेका छन् । गत बुधबार इजारायली जनतालाई चकित बनाउँदै नेतान्याहूले समलिङ्गी ओहानालाई मन्त्रीपदमा नियुक्ति  गरेका थिए ।

आमिर ओहाना त्यस्ता व्यक्ति हुन्, जसले आफूलाई समलिङ्गी भएकोमा गर्व गर्दै आइरहेका थिए । आज(बिहिबार) इजरायलमा मनाइने ‘गे प्राइड’को उत्सवलाई सम्मान स्वरूप गत बुधबार प्रधानमन्त्री नेतान्याहूले समलिङ्गी आमिर ओहानालाई  मन्त्री पदको पुरस्कार दिएका हुन् ।

प्रधानमन्त्रीको कार्यलयले एक बयानमा भनेको छ, ” आमिर ओहाना एक न्यायविद हुन्, उनले कानूनलाई नजिकबाट सम्झन र बुझ्न सक्छन् ।” प्रधानमन्त्री नेतान्याहूले शिक्षामन्त्री नफताली बेनेटलाई बर्खास्त गर्दै समलिङ्गी आमिर ओहानालाई मन्त्री पदमा नियुक्ति गर्नुलाई इजरायलमा अर्थपूर्ण ढंगले हेरिंदै छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata