दुर्घटनामा घाइते मेजर सिलवालको मृत्यु

मङ्लबार, फाल्गुन ६, २०७६



सल्यान । गत बुधबार सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा घाइते भएका मेजरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते ३५ वर्षीय मेजर ईश्वर सिलवालको उपचारको क्रममा मृत्यु भएको हो ।

सल्यानको कपुरकोट गाउँपालिकाको चोरखोलामा गत बुधबार सिमखर्कबाट दाङ जाँदै गरेको लु १ त १२३ नम्बरको नेपाली सेना सिमखर्क ब्यारेकको गाडी दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका सेनानी जयप्रकाश बोहरा, मोहन थापा, सिपाही विशाल गुरुङ,रेशम लित मगर र विपिन श्रेष्ठको उपचार भइरहेको छ ।

यसअघि घटनास्थलमै सेनाका जमदार यादव भडोलको मृत्यु भएको थियो । सो दुर्घटनामा ६ जना गम्भीर घाइते भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments