विरामीले नै नर्सको हत्या गरेपछि

बुधबार, चैत्र २, २०७३



काठमाडौं । विरामी र अस्प्तालमा उपचार गर्ने नर्सहरुबीच विवाद भइनै रहन्छ । नेपालका अस्प्तालमा मात्रै अरु देशका अस्प्तालमा पनि नर्सको बोली, ब्यबहार, सेवाका बिचमा बिरामी, बिरामीका आफन्त र नर्सबीचमा विवाद हुन्छ ।

तर इजरायलमा त्यही विवादले अपराध जन्माएको छ । इजरायलको तेल अभिभको दक्षिण होलोनस्थित अस्पतालभित्र एक नर्सलाई जिउँदै जलाएर हत्या गरिएको छ । ५६ वर्षे तोवा करारो नाम गरेकी नर्सको हत्या गर्ने त्यही अस्पतालका बिरामी रहेको बताइएको छ ।

७० वर्षीय ती बिरामीले नर्सको शरीरमा ज्वलनशील पदार्थ फ्याकेर आगो लगाएका वीवीसीले लेखेको छ । त्यसअघि ती दुईबीच विवाद भएको बताइएको छ । घटनापछि कार चढेर भागेका हत्यारालाई प्रहरीले गिरफ्तार गरेको छ ।

घटनाको विरोधमा इजरायली स्वास्थ्यकर्मीले आजबाट दुई दिने हड्ताल गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata