अफगानिस्तानमा आईएस प्रमुख अब्दुल हसिब मारिएको दावी

सोमवार, बैशाख २५, २०७४



काठमाडौं । अफगानिस्तानमा इस्लामिक स्टेटका प्रमुख अब्दुल हसिब मारिएको राष्ट्रपति असरफ गानीको कार्यालयले जनाएको छ ।

अफगानी विशेष फौजले दश दिनअघि पूर्वी नान्गरहारमा चलाएको एक कारवाहीमा परी उनको मृत्यु भएको बताइएको छ । हसिबले गत मार्च महिनामा काबुलको एक सैन्य अस्पतालमा भएको आक्रमणको योजना बनाएको विश्वास गरिन्छ । उक्त आक्रमणमा ३० जनाभन्दा बढीको ज्यान गएको थियो ।

अघिल्लो महिना पेन्टागनले हसिब अमेरिकी तथा अफगानी विशेष फौजको आक्रमणमा मारिएको बताएको थियो । अप्रिल महिनामा अमेरिकी सेनाले अफगानिस्तानको नान्गरहारमा अहिलेसम्मकै सबभन्दा ठूलो गैरआणविक बम खसालेको थियो

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank