अफगान निर्वाचनलाई लक्षित गर्दै आत्मघाती बम हमला

मङ्लबार, कार्तिक १३, २०७५



काबुल । अफगान निर्वाचन कार्यालयलाई लक्षित गर्दै अफगानिस्तानमा आत्मघाती बम हमला भएको छ । आत्मघाती हमलामा परि एक प्रहरीको मृत्यु हुनाका साथै पाँच जना घाइते भएका छन् ।

सोमबार गरेको आत्मघाती हमलाको जिम्मेवारी इस्लामिक स्टेट समूह(आइएस) ले लिएको छ । प्रहरी  प्रमुख बिस्मिल्लाह तबनले बताए अनुसार,बम हमलाका बेला थुप्रै प्रहरीहरु निर्वाचन कार्यालयको ढोका तिर बढिरहेका थिए ।

जब प्रहरीले हमलाकारीलाई नजर लगाउने वित्तिकै उसले हमला गर्यो । हमलाकारीले आफुले कपडामा लुकाएर लगेको विस्फोटक पदार्थ विस्फोट गरेको थियो ।

100 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank