रहेनन् अभिनेता इरफान खान !

बुधबार, बैशाख १७, २०७७



एजेन्सी । हिन्दी सिनेमा जगतका अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

उनी दुई वर्षदेखि न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । इरफानकाे आमा गत शनिबार निधन भएको थियो । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका छन्  ।

इरफानकाे आमा सईदा बेगमको गत शनिबार निधन भएको थियो । उनी आमाको श्रद्धाञ्जली सभामा समेत उपस्थित हुन सकेका थिएनन् ।

प्रखर वक्ता र कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments