मध्यपूर्वमा अमेरिकी सेनाहरुले आतंकवाद फैलाएको ईरानी सांसदहरुको आरोप

बुधबार, बैशाख ४, २०७६



तेहरान।  इरानी सांसदहरुले मंगलबार मध्यपूर्वको अमेरिकी सेना र सुरक्षा बलहरुलाई ‘बिल लेबलिङ’को मामलामा आतंककारीको रूपमा  परिभाषित गरेका छन् ।

रक्षा मंत्री जनरल अमिर हतामीले ‘बिल लेबलिङ’लाई आतंककारी कार्यको रूपमा परिभाषित गरेका हुन् । “यस्ता कार्यले कानूनी, राजनीतिक र कुटनीतिक तवरले अमेरिकी फैलावटलाई रोक्न दिदैन । अमेरिकाले ईरानको प्रभावकारिता मेटाउने लक्ष्य राखेको छ । ईरान विरुद्ध उसको लामो समयको प्रतिबन्द प्रभावकारी बनेको छ, जो ऊ चाहँदैन्  ।” हतामीले  बताए।

तेहरानको संसद भवनमा उपस्थित अधिकांश सांसदहरुले  पनि अमेरिकी सेना र सुरक्षा बललाई आतंकवादीको रूपमा परिभाषित गर्न माग गरेका हुन् । २९० जनाको सिट कक्ष रहेको सो भवनमा २०७ सांसद उपस्थित थिए, जसमध्ये २०४ जना ‘बिल लेबलिङ’को विपक्षमा थिए । २ जना पक्षमा रहे भने एक जना तटस्थ रहे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata