इरानले भन्योः अनजानमा युक्रेनी विमानलाई गोली हानियो

शनिबार, पुस २६, २०७६



एजेन्सी  । मध्य-पूर्वी एसियाली देश इरानले  गत बुधबार बिहान भएको विमान दुर्घटनाबारे नयाँ तथ्य सार्वजनिक गरेको छ । इरानले अनजानमा युक्रेनी विमान जेटलिनरलाई गोली हानी खसालेको बताएको छ । उक्त विमान दुर्घटामा १७६ जना यात्कोरु मृत्यु भएको थियो ।

आज(शनिबार) बिहान इरानले मानवीय त्रुटिलाई दोष दिँदै अनजानमै सेनाको सुटआउटमा जेटलिनर दुर्घटनाग्रस्त बनेको बयान सार्वजनिक गरेको हो ।

Workers at the site of the crash in Tehran on January 8, 2020. Photo: West Asia News Agency

युक्रेनी अन्तर्राष्ट्रिय एयरलाइन्सको बोइङ ७३७ जेटलाइनर इरानले तेहरानको बाहिरी इलाकामा गरेको अमेरिकी सैनिक कारबाहीका लागि क्षेप्यास्त्र प्रहार गरेको एक घण्टापछि नै दुर्घटना भएको थियो । प्रधानमन्त्री ट्रुडोले मृतकका परिवारसँग भेट गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments