इरानको मिसाइल आक्रमणमा ८० अमेरिकी आतंककारी मारिए: इरानी सरकारी मिडिया

बुधबार, पुस २३, २०७६



एजेन्सी । इरानको सरकारी मिडियाले जनाए अनुसार इराकमा अमेरिकी सैनिक अखडामा इरानले गरेको मिसाइल आक्रमणमा ८० अमेरिकी आतंककारी मारिएका छन । अमेरिकी आतंककारीलाई लक्षित गरि गरिएको १५ मिसाइल आक्रमणमा ८० अमेरिकी आतंककारी मारिएको इरानी सरकारी मिडियाले दाबी गरेका छन ।

इरानको सरकारी टेलिभिजनले जनाए अनुसार यदि अमेरिकाले प्रतिक्रियात्मक कदम चालेको खण्डमा इरानले १०० अन्य स्थानमा आक्रमण गर्ने जनाएको छ । उसले यो पनि दाबी गरेको छ कि आजको मिसाइल आक्रमणमा इराकमा रहेका अमेरिकी हेलिकप्टर र सैन्य उपकरणहरुमा ठूलो क्षति पुगेको छ ।

इरानको दाबीलाई अमेरिकाले स्वीकार गर्दै भनेको छ । इरानले इराकको कम्तीमा दुईवटा सैन्य ठाउहरुमा एक दर्जन भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको छ । जहाँ अमेरिकी सेना र त्यसका सहयोगी सेनाहरु बसिरहेका छन्। बगदादमा अमेरिकी हवाई हमलामा इरानका सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि उक्त कारबाही भएको अमेरिकाले जनाएको छ । सुलेमानीमाथि आक्रमणको आदेश अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार दिएका थिए। अधिकारीहरूले भने कि राष्ट्रपति ट्रम्पलाई सूचित गरिसकिएको छ र उनी स्थिति अनुगमन गर्दैछन्। इरानको मिसाइल हमलाको पुष्टि गर्दै पेन्टागनका प्रवक्ता जोनाथन होफम्यानले भने, हामी युद्धमा भएको प्रारम्भिक क्षतिहरूको आकलन गर्दैछौं।

होफम्यानले भने कि जनवरी ८, साँझ पाँच बजे इरानले इराकमा अमेरिकी सेना र त्यसका सहयोगी सेनामाथि दर्जनौं भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्‍यो। उनले भने, यो प्रस्ट छ कि यी क्षेप्यास्त्रहरू इरानले हानेका थिए र इराकको अल-असाद र एरबिलमा कम्तिमा दुई इराकी सैन्य अड्डाहरूलाई लक्षित गरेका थिए ।जहाँ अमेरिकी सेना र त्यसका सहयोगी सेनाहरू रहेका थिए।

ह्वाइट हाउसका प्रेस सचिव स्टेफनी ग्रिसमले भने कि राष्ट्रपति ट्रम्पलाई हालको अवस्थाबारे जानकारी गराइएको छ। ग्रिसमले भने, हामी इराकमा अमेरिकी केन्द्रहरूमा भएको आक्रमणको खबरबाट अवगत छौं। राष्ट्रपतिलाई यस बारे सूचित गरिएको छ र उहाँ अवस्थालाई गम्भीर ढंगले विश्लेषण गर्दै हुनुहुन्छ । साथै हामी राष्ट्रपतिको अन्तिम आदेशको पर्खाइमा छौं ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments