इरानले ध्वस्त बनायो अमेरिकी गुप्तचर सञ्जाल, गिरफ्तारमा परेका गुप्तचरलाई फाँसी दिइने

सोमवार, साउन ६, २०७६



एजेन्सी । इरानले अमेरिकी  गुप्तचर संस्था(सीआइए)मा कार्यरत १७ जना गुप्तचरहरुलाई समातेको छ । इरानी सञ्चार माध्यमहरुले जनाएअनुसार पक्राउ परेका व्यक्तिहरुमध्ये  केहिलाई मृत्युदण्डको सजाय दिइने छ ।

स्थानीय समाचार एजेन्सी फार न्युजले बताए अनुसार इरानमा कार्यरत सिआइए जासुसी सञ्जाल(CIA spying ring )लाई    इरानको सुरक्षा निकायले ध्वस्त बनाउन सफल हुँदै १७ जना गुप्तचरहरुलाई नियन्त्रणमा लिन सफल भएको छ ।

फार न्युजले  गिरफ्तारमा परेका १७ जना अमेरिकी गुप्तचरहरु इरानको संवेदनशील र महत्वपूर्ण क्षेत्रमा जासुसी गरिरहेको उल्लेख गरेको छ । पक्राउ परेकाहरु  राष्ट्रियता,  पहिचान  आर्थिक एवं परमाणु अनियमितता, सैन्य, साइबर तथा निजी क्षेत्रहरुमा जासुसी गरिरहेको खुलाएको छ   ।

यस घटनासँगै अमेरिकाले आफ्नो  सुरक्षा सतर्कतामा विशेष ध्यान दिन बाध्य भएको छ । विभिन्न मुलुकहरुमा सीआइएमा आवद्ध गुप्तचर (कर्मचारी) समातिने क्रम तीव्र भएसँगै अमेरिकी सुरक्षा संवेदनशीलता खतरामा परेको इरानले जनाएको छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata