पेट्रोलको मूल्यवृद्धिले निम्ताएको झडपमा दुई व्यक्तिको मृत्यु

आइतवार, मंसिर १, २०७६



एजेन्सी । अमेरिकाको नाकाबन्दीसँगै समस्यामा रहँदै आएको इरानमा पेट्रोलको राशन तय गरिनुका साथै मूल्यवृद्धि गरिएपछि सर्वसाधारण जनता सडकमा उत्रिएका छन् ।  शुक्रबार पेट्रोलमा सब्सीडी कम गर्नुका साथै मूल्य कम्तिमा ५० प्रतिशत बढाइएको थियो ।

सरकारले विपन्न वर्गलाई सहयोग गर्नका लागि रकम बचाउन चाहेको जनाएको छ । सन् २०१५ मा अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट आफूलाई पछाडि फर्काएको थियो । साथै इरानमाथि आर्थिक नाकाबन्दीको घोषणा गरेको थियो ।

Protesters stand around a car that has been set on fire in Tehran

यसै क्रममा सिरजन सहरमा भएको प्रदर्शनमा एक व्यक्तिको मृत्यु भएको छ । स्रोतका अनुसार जब प्रदर्शनकारीले एक इन्धन गोदाममा आगो लगाउने कोसिस गरेका थिए त्यतिबेला उनीहरुको प्रहरीसँग झडप भएको थियो । कैयौं मानिसहरु सो घटनामा घाइते भएका छन् । विरोध प्रदर्शनका क्रममा अर्का एक व्यक्तिको पनि मृत्यु भएको जनाइएको छ  ।

विरोध प्रदर्शनमा राजधानी तेहरान, करमंशाह, इस्फाहान, तबरिज, करादज, शिराज, यज्द, बेशेहर र सरी जस्ता सहर प्रभावित भएका छन् । कैयौं सहरमा आक्रोशित यात्रुले सवारी साधन सडकमा ल्याएर राख्दै विरोध प्रदर्शन गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata