इरानमा यात्रुवाहक विमान दुर्घटना

आइतवार, फाल्गुन ६, २०७४



इरान। इरानमा एक यात्रुवाहक विमान दुर्घटनामा परेको छ। आइतबार बिहान राजधानी तेहरानबाट दक्षिणी सहर यसुजका लागि उडेको विमान दुर्घटनामा परेको अधिकारीहरुलाई उल्लेख गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

तेहरानबाट ६२० किलोमिटर टाढा सेमिरोम पहाडमा एटिआर–७२ विमान दुर्घटनामा परेको हो। अलजजिरा टेलिभिजनले विमानमा चालक दलका सदस्यसहित ६६ यात्रु भएको बताएको छ।

मौसम खराब भएका कारण उद्धारका लागि हेलिकप्टर दुर्घटनास्थलमा पुग्न नसकेको बीबीसीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata