ईरानको सैन्य परेड हमलामा २४ जनाको मृत्यु

आइतवार, अशोज ७, २०७५



तेहरान । ईरानमा वार्षीक सैन्य परेड भइरहेको समयमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २४ जनाको मृत्यु भएको छ ।
उक्त हमलामा घाईतेहरुको संख्या ५३ नाघेको छ । सरकारी समाचार एजेन्सी ईरनाले उक्त घटनामा पृथकतावादी समुहको हात रहेको जनाएको छ ।

अघिल्लो वर्ष इस्लामिक स्टेट समुहले ईरानको पूर्वी इलाकामा रहेको पाइपलाईन माथी निसाना साधेका थिए । अहिले सम्म कुनै पनि समुहले जिम्मा नलिएको उक्त घटनालाई लिएर ईरानको विदेश मन्त्री मोहम्मद जावेद जरिफले भने, ईरान आफ्नो नागरिकको रक्षाको निम्ती तुरुन्त र निर्णायक कदम उठान तयार छ ।

खुजेस्तानको गर्भनर गोलामरेजा शरिआतीले आई आर एनए समाचार एजेन्सी सँग भने , दुई बन्दुकधारी मारिएका छन् । अन्य दुईलाई गिरफ्तार गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata