परमाणु सम्झौतामा इरानद्वारा युरोपेली देशलाई चेतावनी, दियो ६० दिनको ‘अल्टिमेटम’

बिहिबार, बैशाख २६, २०७६



एजेन्सी । इरानले युरोपेली देशलाई ६० दिनको ‘अल्टिमेटम’ दिँदै अमेरिकाको तर्फबाट लगाएको प्रतिबन्धबाट आफूलाई बचाउनका लागि ठोस् कदम उठाउन भनेको छ ।

यसका साथै उनले यस्तो नभए आफूहरु युरेनियमको उत्पादन एकपटक पुनः सुरु गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

इरानसँग परमाणु सम्झौतामा संलग्न पश्चिमी देशले इरानलाई परमाणु सम्भौताको नियमलाई तोडे खराब नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।

ब्रिटेन, फ्रान्स र जर्मनीले जबसम्म इरान आफ्नो प्रतिबद्धतामाथि टिकिरहन्छ तबसम्म उनीहरुले पनि परमाणु सम्झौताको समर्थन गर्ने बताएका छन् ।

वास्तवमा, अमेरिकाले गत वर्ष आफूलाई यो सम्झौताबाट अलग्याउँदै इरानमाथि नयाँ प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै, दुई देशबीचको सम्बन्ध तनावग्रस्त छ ।

सन् २०१५ मा भएको यो सम्झौताको उद्देश्य इरानको परमाणु महत्वाकांक्षामाथि अंकुश लगाउनु थियो ।

इरानले अहिलेसम्म यो सम्झौताबाट आफूलाई आंशिक रुपमा अलग गरिसकेको छ अर्थात् सम्झौताका केही शर्तलाई उसले मान्ने छैन ।

इरानमाथि नयाँ प्रतिबन्ध लगाएर ट्रम्प प्रशासनले त्यसको अर्थव्यवस्थामा विशेष क्षती पुर्‍याएका छन् । इरानको मुद्रा आफ्नो सबैभन्दा तल्लो स्तरमा पुगेको छ  भने महँगीको दर करिब चौगुणा बढेको  छ ।

इरानका विदेशमन्त्री जावेद जरिफले उनीद्वारा उठाएको ताजा कदम सम्झौता अनुरुप नै भएको स्पष्टिकरण दिएका छन् ।

यस्तै, लण्डनमा भएका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इरानको प्रभावलाई रोक्नका लागि अमेरिका आफ्नो पश्चिमी साथीसँग सहकार्य गरिरहेको बताएका छन् । यसका साथै, उनले परमाणु सम्झौताको विषयमा अमेरिकाको केही भिन्न धारणा भएको पनि स्पष्ट पारेका छन् ।

कुन–कुन देश सम्झौतामा संलग्न ?

चीन र रुसबाहेक ब्रिटेन, फ्रान्स र जर्मनी अहिले पनि इरानसँग परमाणु सम्झौतामा संलग्न छन् । अमेरिका गत वर्ष यो सम्झौताबाट अलग भइसकेको छ ।

ब्रिटेनका विदेश सचिव जेरेमी हंटले इरानको ताजा कदमलाई अस्विकार गर्दै यस्तो कदम नउठाउन अपिल गरेका छन् । साथै, उनले इरानालाई सम्झौताको नियमलाई पालना गर्न सल्लाह पनि दिएका छन् ।

जेरेमीले इरानले यो सम्झौतालाई तोड्नुअघि यसको भविष्य बारे पनि सोच्नुपर्ने बताएका छन् ।

जर्मनीका विदेशमन्त्री हिको मासले यो सम्झौतालाई युरोपको सुरक्षाका लागि महत्वपूर्ण बताउँदै आफू अहिले पनि सम्झौतामा अनुबन्ध भएको बताएका छन् ।

फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लेले मिडियासँगको कुराकानीमा युरापेली शक्तिले यो सम्झौतालाई बचाउन हरसम्भव कोसिस गरिरकेको छ तर यदि यस्तो नभए इरानले यसको खराब परिणाम र थप प्रतिबन्ध भोग्नका लागि तयार हुनुपर्ने बताए ।

रुसका विदेशमन्त्री सर्गेई लावरोवले सम्झौतामा संलग्न सबै पक्षसँग आ–आफ्नो प्रतिबद्धताप्रति अडिग रहन अपिल गरेका छन् साथै पश्चिमी देश मुद्दाबाट ध्यान भड्काउन चाहन्छ भन्ने आरोप पनि लगाए ।

चीनले इरानमाथि लगाएको अमेरिकी प्रतिबन्धको कडा विरोध गर्ने बताएका छन् ।

यसैबीच अमेरिकी विदेशमन्त्री पोम्पियोले यो विषयमा चुप बस्नै सही ठानेर आफूहरु इरानको दोस्रो कदमको प्रतिक्षामा भएको बताए ।

यद्यपी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष सहायोगी टिम मोरिसनले इरानले यूरोपलाई ब्ल्याकमेल गर्नका लागि यो कदम उठाएको बताएका छन् । उनले युरोपेली देशसँग ‘इन्सटेक्स’ (इन्स्ट्रुमेन्ट इन सपोर्ट अफ ट्रेड एक्सचेन्ज) बाट पछि नहट्न अपिल गरेका छन् ।

इन्सटेक्स के हो ?

यो पैसा भुक्तानी गर्ने नयाँ तरिका हो जसलाई ब्रिटेन, फ्रान्स र जर्मनीले यो वर्ष जनवरीमा तयार गरेको थियो । यसमार्फत्, इरानमाथि लागेको प्रतिबन्धलाई नचलाइकनै उससँग व्यापार जारी राख्ने गरिन्छ ।

यस्तो प्रकारको व्यापारमा विशेषगरी इरानी जनताको आवश्यकताका सामानहरु संलग्न छन् जस्तै खाद्य पदार्थ, औषधी र अन्य सामान जसमाथि प्रतिबन्ध लागेको छैन ।

इरानका लागि विदेशी लेनदेनको सबैभन्दा प्रमुख उत्पादन तेल हो तर इन्सटेक्समा तेल संलग्न छैन ।

इरान युरोपेली देशले यसलाई पनि समावेश गरोस् भन्ने चाहना राख्छ ।

इरानले के कदम उठायो ?

इरानले परमाणु सम्झौताका दुई हिस्साबाट आफूलाई अलग गरेको छ जसलाई जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन (जेसिपिओए) भनिन्छ । यसमार्फत् सरप्लस युरेनियम र हेवी वाटरको बिक्रि गरिन्छ ।

यो सम्झौता अनुसार परमाणु हतियार बनाउन प्रयोग हुने सरप्लस युरेनियमलाई इरान आफूसँग राख्न सक्दैन र त्यसलाई विदेशमा बेच्छ ।

इरानका अनुसार यदि सम्झौतामा संलग्न देश अमेरिकाले लगाएको प्रतिबन्धलाई साथ दिँदैनन् र इरानको आर्थिक अवस्थाबारे विचार गर्छन् भने आफूले ६० दिनपछि पुनः युरेनियमको बिक्रि सुरु गर्ने जानकारी दिएको छ ।

इरानले तोकिएको सीमाभन्दा पनि अत्यधिक धेरै एनरिच्ड युरोनियम बनाउन सुरु गर्ने चेतावनी दिँदै अरक हेवी वाटर रिएक्टरमा काम गर्न सुरु गर्ने बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata