यहुदीलाई नष्ट गर्न चाहेको होइन – इरानी नेता खुमेनी

आइतवार, मंसिर १, २०७६



एजेन्सी । इरानका नेता अयातोल्लाह अली खुमेनीले  यहुदीलाई नष्ट गर्न नचाहेको बताउँदै सबै धर्मका मानिसले इजरायलको भविष्य तय गर्नुपर्ने जनाएका छन् ।

सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानले इजरायललाई मान्यता दिन अस्वीकार गर्दै प्यालेस्टाइनलाई समर्थन गर्दै आएको थियो । इजरायलले लामो समयदेखि इरानले आफूलाई नष्ट गर्न चाहेको बताउँदै आएको छ ।

तेहरानको इस्लामिक कन्फेरेन्समा खुमेनीले भने,‘‘इजरायललाई एक देशको रुपमा  नष्ट गर्नुको मतलब यहुदीको नष्ट गर्नु होइन । यसको मतलब यो हो कि प्यालेस्टाइनका मानिस चाहे उनीहरु मुसलमान, इसाई वा यहुदी हुन् उनीहरुले आफ्नो सरकार चुन्न सकुन् ।’’ उनले पश्चिमी शक्तिलाई इरानको परमाणु कार्यक्रम रोक्ने काम गरेकोमा आलोचना समेत गरेका छन् ।

इरानले इजरायलको अस्तित्व स्वीकार नगर्ने र उसले मुसलमानको जमिन कब्जा गरेको बताउँदै आएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata