ईरान- अमेरिका सम्बन्ध शत्रुतापूर्ण बन्दै

सोमवार, कार्तिक १९, २०७५



तेहरान। अमेरिकाले ईरानको विरुद्ध तेल र आर्थिक प्रतिबन्ध सुरु गरे सँगै ईरान अमेरिका सम्बन्ध झनै शत्रुतापूर्ण बन्दैछ । विगतमा लगाएको नाकाबन्दीको बाबजुद ईरानले निर्माण गर्दै आएको मिसाईल, हतियार र परमाणु कार्यक्रमलाई ठुलो प्रभाव पार्न पुन: आर्थिक प्रतिबन्धलाई कडाई गर्न लागिएको ईरानको बुझाई छ ।

सन् २०१५ मा ओबामा प्रशासनले ईरान माथि आर्थिक नाकाबन्दी लगाएको थियो । हालको ट्रम्प प्रशासनले तेल,सिपिंग ,बीमा र बैकिंक क्षेत्र लगायत अन्य ३०० नयाँ वस्तुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी मध्यावधी निर्वाचनको र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले उक्त कुरा जनाएका हुन् ।

सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ईरान विरुद्धको प्रतिबन्ध अत्यन्त मजबुद रहनेछ । यस्तो प्रतिबन्ध यस अघि लगाएका थिएनौ । अब हामी हेर्नेछौं । इरानको हालत के हुन्छ । उनीहरुले राम्रो गरि रहेका छैनन् । म तपाईलाई बताउँछु । उनले थपे । आर्थिक नाकाबन्दीलाई ब्रिटेन, जर्मनी, फ्रान्स, चीन र रुसले समेत समर्थन गर्नेछन् । ईरानी तेल चीन, भारत, दक्षिण कोरिया, जापान र टर्कीले आयात गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पको संबोधनलाई चुनौती दिंदै  ईरानी सेनाको सैन्य प्रमुख मेजर जनरल मोहम्मद अली जाफरीले भने, ईरानलाई धम्की नदिनुहोस । किनकी हामी अहिले पनि मरुभूमीमा आफ्नो सैनिकको रुवाई सुन्न सक्छौं र तपाई राम्रोसँग जान्नु हुन्छ । अमेरिकी समाजमा तपाईको पूरानो सेनाले हरेक दिन कति आत्महत्या गर्छन् । हामीलाई सैन्य धम्की नदिनुहोस र सैन्य खतराको डर नदेखाउनुहोस । ईरानसँग अमेरिकाको शत्रुता महंगो पर्नेछ ।

अमेरिकी नाकाबन्दीको कारण र्इरान पछिल्लो १२ महिनामा अनेकौं समस्या झेलिरहेको छ । राष्ट्रपति हसन रुहानीले अमेरिकी नाकाबन्दीको कारण विरोधको सामना गर्नु परेको छ । मुल्यबृद्धि र आर्थिक मन्दीको कारणले थुप्रै सिनियर मन्त्रीलाई बर्खास्त गर्नु परेको छ । जसको कारणले अमेरिका इरान सम्बन्ध झनै शत्रुतापूर्ण बन्दै जानेछ ।

115 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank