चम्किदै सन्दिप, आज आईपीएलमा अन्तिम खेल

आइतवार, जेष्ठ ६, २०७५



काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा नेपाली क्रिकेटर सन्दिप लामाटिने चम्किएका छन् । दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछाने आज आइतबार पनि खेल्ने भएका छन् । आज सन्दीपले मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका हुन् ।

यो सन्दिपको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ। उनलाई आज ९ नम्बरभित्रे राखिनेछ । १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा खेलमा उत्कृट प्रदर्शन गरेका थिए ।

डेयरडेभिल्सले अघि ११ खेलसम्म पनि सन्दीपलाई खेल्ने कुनै मैका दिएको थिएन । सन्दीपको पहिलो खेल भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध थियो, जसमा सन्दीप एक्लो किफायती बलर सावित भए।

गएराति सन्दीप अनुवन्ध भएको दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर किंग्सबीच खेल थियो । सो खेलमा दिल्ली ३४ रनले विजयी भयो । सो खेलमा सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए ।

262 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank