आइपिएल निलामी १८ डिसेम्बरमा

बुधबार, मंसिर २६, २०७५



नयाँ दिल्ली । सन् २०१९ मा सम्पन्न हुने आईपिएल १२ औं संस्करणको निलामी आगामी १८ डिसेम्बरमा हुनेछ । टी २० क्रिकेटमा सबैभन्दा लोकप्रिय आइपिएलमा २२६ भारतीय खेलाडी सहित ३४७ क्रिकेटरको निलामी सम्पन्न हुनेछ ।

नौं खेलाडीको आधार मुल्य भारतीय मुद्रा दुई करोड तोकिएको छ । म्याकल्लम, लसिथ मालिंगा, कोलिन इनग्राम, शान मार्श, साम कुरान, डार्सी सोर्ट,एजेन्लो म्याथुज,कोरी एन्डरसनको नाम सुचिबद्ध गरिएको छ ।

पछिल्लो साल सबै भन्दा महंगा खेलाडी जयदेव उनाडकट थिए । यस बर्ष सबै भन्दा महंगा खेलाडी को बन्ने छन भन्ने उत्सुकता पूर्वक हेरिदैं छ । हाल आइपिएलमा भारतबाट २२६ खेलाडी अनुबन्ध छन् भने अन्य मुलुकहरुमा दक्षिण अफ्रिका २६,अष्ट्रेलिया २३,वेस्टइण्डिज १८,इंग्ल्याण्ड १८, न्यूजिल्याण्ड १३, अफगानिस्तान ८, श्रीलंका ७, बंगालादेश २, जिम्बाबे २, युएसए १, आयरल्याण्ड १, नेदरल्याण्ड १ र नेपाल एक रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata