आइओई पोयट्री च्याम्प थ्री पोइन्ट जिरोमा अप्सरा के.सी. प्रथम

बुधबार, माघ ८, २०७६



काठमाडौं । ‘कविता, जिन्दगी हो । जिन्दगी, कविता हो । कविताको सेलिब्रेसन, जिन्दगीको सेलीब्रेसन । आउनुहोस् ! कविता र जिन्दगीको यो ककटेल स्वादमा मस्त हुँदै शब्दहरूको जबर्जस्त सेलिब्रेसन गरौँ’ भन्ने मुलभाव सहित बुधबार आइओई पोयट्री च्याम्प थ्री पोइन्ट जिरो(IOE Poetry Champ 3.0) सम्पन्न भएको छ ।

सिभिल इन्जिनियरिङ विद्यार्थी समाज, सेस नेपाल र इन्जिनियरिङ साहित्य समाज, ईन्सास पुल्चोकको संयुक्त आयोजनामा सम्पन्न भएको अन्तर-कलेज उक्त कविता प्रतियोगितामा अप्सरा के.सी.(कविता लेख्ने छोरी) प्रथम भएकी छिन् ।

Untitled design (11)

तारानाथ पराजुली(फुलको अनुहारमा अम्लको वर्षा) र शित्तल उपाध्याय(कवि) क्रमश दोस्रो र तेस्रो भएका छन् ।

Untitled design (10)

प्रथम, दोस्रो र तेस्रो हुने कविहरूले क्रमश: ५ हजार, ३ हजार र २ हजारको नगद पुरस्कार प्राप्त गरेका थिए ।

Untitled design (9)

द लिभिङ लिजेण्ड साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यकममा १५ जना कविले आ-आफ्नो कविता वाचन गरेका थिए ।

Untitled design (8)

विज्ञान राज, सुमान्शी चौहान, हिमाल खतिवडा, संयोग बस्याल, पवन ढुंगाना, स्मृति रानाभाट, किरण चौलागाई, श्रीदीप दाहाल, प्रभात तिमिल्सेना, स्मीता श्रेष्ठ, प्रज्वल दीप र विशाल नाल्बोले प्रतियोगीको रुपमा कार्यक्रममा सहभागिता जनाएका थिए ।

Untitled design (7)

वरिष्ठ कविद्वय विप्लप प्रतिक र मोमिला निर्णायकको भूमिकामा थिए भने असिम सागर, प्रज्वल अधिकारी, रसिक राज, राजु झल्लु प्रसादले अतिथि कविको रुपमा आ-आफ्नो एक-एक कविता वाचन गरेको कार्यक्रमका संयोजक मोहीत जोशीले बताएका छन् ।

Untitled design (6)Untitled design (2)

साथै आभा फर क्रियटीभिटी, सल्लेरी खबर र ट्रेन्डीङ नेपाल मिडीया पार्टनरको रुपमा रहेको संयोजक जोशीले बताए ।

Untitled design (3)

Untitled design (4)Untitled design (5)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments