इनरुवा बजारमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी

आइतवार, जेष्ठ ३२, २०७७



इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकामा भिषण आगलागी भएको छ । आइतबार बिहान हनुमान वस्त्रालयदेखि शुरु भएको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगलागीबाट चार पसलसहित विराटनगर मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सको इनरुवा शाखामा समेत क्षति पुगेको बताइएको छ ।

आगोको लप्कासँगै उठेको धुँवाका कारण इनरुवा बजार पूरै छोपिएको छ ।  नियन्त्रणका लागि इटहरी र धरान क्षेत्रबाट समेत दमकल इनरुवा पुगेका छन् ।

विद्युत सर्ट भइ आगलागीको अनुमान गरिएको छ । आगो नियन्त्रणमा लिन अग्नी नियन्त्रक, सुरक्षाकर्मी र स्थानीय खटिएका जिल्ला प्रहरी कार्यलय सुनसरीले बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments