कांग्रेस र कम्युनिष्ट उच्च नेतृत्वबीच भेटवार्ता

शुक्रबार, माघ ३, २०७६



काठमाडौं । कांग्रेस र कम्युनिष्टका उच्च नेतृत्वबीच भेटवार्ता भएको छ ।  शुक्रबार भएको भेटवार्तामा कांग्रेस र कम्युनिष्ट शिर्ष नेतृत्वबीच समसामयिक विषयमा भेटवार्ता भएको हो ।
भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतारहरुकाे सहभागिता रहेकाे  थियाे  । उनीहरुबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगबारे छलफल भइरहेको प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।

छलफलमा नेपाली कांग्रेसका तर्फबाट देउवासहित मिनेन्द्र रिजाल, रमेश लेखक सहभागी भएका छन् भने नेकपाका तर्फबाट अध्यक्षद्वय ओली, दाहाल सहित सुवास नेम्बाङ, खिमलाल देवकोटा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments