इन्टरनेटको मूल्य १३ प्रतिशतले बढ्यो

बुधबार, साउन १, २०७६



काठमाडौं । इन्टरनेटको मूल्य १३ प्रतिशतले बढाइएको छ । इन्टरनेट सेवा प्रदायक निकायहरु बुधबारबाट लागू हुने गरि  इन्टरनेटको १३ प्रतिशत मूल्य वृद्धि गरेका हुन। सरकारले इन्टरनेट सेवा प्रदायकहरुसँँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानको निर्णय अनुसार मुलुकभरका सेवा प्रदायकहरुले मूल्य वृद्धि गरेकाे जनाएका छन ।

सरकारले वृद्धि गरेको १३ प्रतिशत शुल्क उपभोक्ताबाटे उठाउने निर्णय आइस्पानले गरेको अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।  सेवा प्रदायक कम्पनीलाई १३ प्रतिशत मूल्य समायोजन गर्ने सम्झौता गरेको सरकारले सम्झौता पालना नगरेको भन्दै मूल्य वृद्धि गरेकाे अध्यक्ष भट्टकाे भनाइ रहेकाे छ।

संसदले पारित गरेको आर्थिक ऐनमा इन्टरनेट सेवा प्रदायकले उपभोक्ताबाट दूरसञ्चार सेवा शुल्कवापत १३ प्रतिशत रकम संकलन गरी भ्याटसँगै तिर्नुपर्ने व्यवस्था गरिएको छ । गत वर्षदेखि नै सरकारले इन्टरनेट सेवा प्रदायकहरुबाट १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको थियो । व्यवसायीको तीव्र विरोधपछि सरकारले व्यवसायीसँग मूल्य नबढाउन सम्झौता गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata