अन्तराष्ट्रिय मानवअधिकार दिवस आज,द्धन्द पीडितहरुले अझै न्याय नपाएको गुनासो

मङ्लबार, मंसिर २४, २०७६



काठमाडौं । आज डिसेम्बर १० अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैंछ ।  सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको  ऐतिहासिक दिवसको सम्झनास्वरुप हरेक डिसेम्बर १० का दिन यो दिवस मनाईन्छ ।

मानव अधिकार विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसंघको साधारण सभाले प्रस्ताव नं २१७ क ९३० बाट अनुमोदन गरि जारी भएको हो । यसमा ३० धाराहरू रहेका छन् । नेपालमा मानव अधिकारका क्षेत्रमा उल्ल्खनीय रुपमा प्रगति भइरहेको मानवअधिकारवादीको धारणा रहेको छ । तर द्वन्दका बेला मानव अधिकारी उलंघनका घटनाहरु प्रति राज्य संवेदनशील नबनेको पीडितहरुले बताएका छन ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले समेत औपचारिक रुपमा गठन हुन नसक्दा द्धन्द्ध पीडितले यो राहात नपाएको गुनासो गरेका छन । पछिल्लो समय राज्य पक्षबाट मानव अधिकार हननका घटनामा बढेको भए पनि राज्यले संवेदनशीलता नदेखाएको मानव अधिकारवादीले आरोप लगाउँदै आएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments