कोरोना राहत कोषमा इन्सेकद्वारा १० लाख सहयोग

शुक्रबार, चैत्र २१, २०७६



काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोरोना राहत कोषमा  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले १० लाख ४ हजार ६ सय ५४ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।  कोरोना नियन्त्रणका लागि सरकारले स्थापना ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा इन्सेकले सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।

इन्सेकमा कार्यरत पूर्णकालीन कर्मचारी, ७७ जिल्लामा कार्यरत जिल्ला प्रतिनिधि तथा विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरूको सात दिनको पारिश्रमित वापतको रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा इन्सेकको सानो सहयोगले केही सघाउ पुग्ने हामीले अपेक्षा गरेका छौँ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments