आईएनजीओका एक वर्षमा ४९ परियोजना, २७ अर्ब लगानीको सम्झौता

सोमवार, भदौ ३०, २०७६



अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले नेपालमा झन्डै २७ अर्ब रुपैयाँ लगानी गर्नेेसम्बन्धी परियोजना सम्झौता गरेका छन्।

समाज कल्याण परिषद्का अनुसार आर्थिक वर्ष २०७५/७६ मा आईएनजीओले ४९ परियोजनाका लागि २६ अर्ब २५ करोड ४७ लाख ९१ हजार ४ सय ६२ रुपैयाँ ४७ पैसा लगानी गर्ने स्वीकृति पाएका छन्।

आईएनजीओको त्यति धेरै लगानीको पारदर्शितामा भने बारम्बार प्रश्न सिर्जना हुने गरेको छ ।

आईएनजीओहरूले स्वास्थ्य, शिक्षा, बाल कल्याण, मानव बेचविखन, कृषि तथा पशुपालनलगायतका परियोजनामा खर्च गर्ने गरी सम्झौता गरेको परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले बताए।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata