आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

शुक्रबार, भदौ २७, २०७६



काठमाडौं । इन्द्रजात्रा पर्व आज काठमाडौं उपत्यकामा मनाईदैछ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी इन्द्रजात्रा पर्व मनाउने गरिन्छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरका साथै दोलखा र धुलिखेलमा समेत मनाउने गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ ।
इन्द्रजात्राको अवसरमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने गर्ने परम्परा छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

यो पनि पढ्नुहोस्,

इन्द्रध्वजोत्थान गर्दै शुरु भयो पुरानो चाड इन्द्रजात्रा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata