इण्डोनेसियामा शक्तिशाली भूकम्प, क्षति विवरण आउन बाँकी

बिहिबार, अशोज ९, २०७६



एजेन्सी । पूर्वी इण्डोनेसियामा आज बिहान ६.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । सो भूकम्प मालुकु प्रान्तमा बिहान ८ बजेर ४६ मिनेटमा गएको हो ।

अहिले नै त्यहाँ जनधनको क्षति भएको विवरण आइसकेको छैन ।  भूकम्प निकै शक्तिशाली महसुस गरिएको स्थानीयले बताएका छन् ।
सर्वसाधारण घरबाट निस्केर भागाभाग गरेका थिए । सडकमा हल्लीखल्ली मच्चिएको छ । बिजुलीको पोलहरू ढलेका छन् । सवारी आवागमन अवरुद्ध भएको छ ।

सो भूकम्पबाट सुनामीको खतरा भने नरहेकोले शान्त हुन स्थानीय अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata