ताजमहल भन्दा अग्लो फोहोरको पहाड !

दिल्लीलाई फोहोरले निल्दै

बुधबार, जेष्ठ २२, २०७६



एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा आगामी वर्ष भित्र नै ताजमहल भन्दा ठुलो फोहोरको पहाड उभिने निश्चित भएको छ । आगामी वर्ष भित्र संसारको सबैभन्दा दुर्गन्धित राजधानीको स्थान नयाँ दिल्लीले ओगट्ने पक्कापक्की भएको युएनको ठहर छ ।

हाक्स् लगायतका विभिन्न प्रजातीका चराहरु  नयाँ दिल्लीको पूर्वी किनारामा रहेको गाजीपुर ल्याण्डफिलमा झुम्मीरहेका भेटिन्छन् । गाइ, कुकुर तथा मुसाहरु दुर्गन्ध मिसिएको धुवाँमा निस्सासिएका छन् ।

Children react as their mother takes a rest after collecting recyclable materials at one of the largest disposal sites in northeast India at the Boragaon area of Guwahati on June 4 ahead of the 'World Environment Day'. — AFP

४० वटा फुटबल पिचको स्थान ओगटेको गाजीपुरको  ल्याण्डफिल लगभग १०० मिटरको दरले प्रतिवर्ष चुलिंदै  लगातार दुर्गन्ध फैलाउँदै आइरहेको छ । पूर्वी दिल्लीको  प्रमुख निरीक्षक अरुण कुमारको अनुसार, फोहोरको यो पहाड पहिले नै ६५(२१३ फिट) मीटर अग्लो  भइसकेको छ ।

फोहोरको पहाड प्रतिवर्ष यसरि चुलिँदै छ कि सन् २०२० सम्ममा  युनेस्कोको विश्व सम्पदामा सूचिकृत आग्राको ताजमहल( ७० मिटर) भन्दा अग्लो हुने निश्चित छ ।

सन् १९८८ बाट डम्पिङ साइटको रुपमा सुचारु गरिएको गाजीपुरको औपचारिक आयु  सन् २००२ सम्म हुनुपर्ने थियो । आफ्नो आयुलाई अनपौचारिक रापमा लम्बाईरहेको गाजीपुरमा हरेक बिहान झिसमिसेमै सयौंको संख्यामा ठूलाठूला ओभरलोडेड ट्रकहरु आज सम्म आइरहेका छन् ।

“करिब दुई हजार टन फोहोर गाजीपुरमा प्रत्येक दिन थुपारीन्छ ।” दिल्ली अधिकृत बताउँछन् ।

In this file photo taken on April 14, 2018, a rag picker carries a sack of sorted recyclable materials atop the Ghazipur landfill site in the east of New Delhi. — AFP

गत वर्ष भएको घना वर्षाका कारण उक्त पहाडले दुई जनाको ज्यान लिएको थियो । घटना पछी सरकारले गाजीपुरमा फोहोर फाल्न निषेध गर्यो । वैकल्पिक डम्पिङ साइटको अभावमा केहि दिन पश्चात नै  नगरपालिकाका ट्रकहरु गाजीपुरमा घोप्टिन थाले ।

लगातार फोहोर थुपारीएका कारण सो ठाउँमा मिथेन ग्यास निर्माण हुन् थाल्यो  । आगलागी तथा आगोको झिल्काहरु पनि क्रमिक रुपमा देखिन थाल्यो  ।

In this file photo taken on April 14, 2018, rag pickers carry sacks of sorted recyclable materials at the Ghazipur landfill site in the east of New Delhi. — AFP

विज्ञान तथा पर्यावरण केन्द्र, नयाँ दिल्लीका प्रमुख अधिकारी शाम भावी शुक्लाका अनुसार, फोहोरको थुप्रोबाट उत्पादित हुने मिथेन हावामा मिसिदा वातावरण प्रदुषित  हुने र उक्त हावा श्वासप्रश्वासको निम्ति अत्यन्त हानिकारक हुने गर्दछ  ।  टक्सीक अक्सिजन, लचिलो कालो माटो, लेदो, गन्हाउने तरल पदार्थ लगातार बगीरहँदा स्थानीय ढल तथा नालीसमेत जाम भएको र दुर्गन्ध फैलिएको कारण उक्त क्षेत्र मानव वस्तीको निम्ति डरलाग्दो बन्दै गइरहको शुक्लाको  दाबी छ ।

“यो सब तुरुन्त बन्द हुनुपर्छ । लगातार डम्पिङ गरिरहँदा हावा र जमिनको पानी दुषित  त् भएको छ नै, श्वास फेर्न समेत कठिन भइसकेको छ । ” चित्र मुखर्जी एक पर्यावरणीय चिन्तक गुनासो गर्छन् ।

“दुषित गन्धले हाम्रो दैनिकी नारकीय बनाइसकेको छ । वरपर घरका मानिसहरु सधै जसो रोगले थलिन थालेका छन् ।” ४५ वर्षिया स्थानीयवासी पुनित शर्मा बताउँछिन  ।

सरकाले गुनासो नसुन्दा गाजीपुर क्रमश: मानव वस्ती बिहिन बन्दै जाने खतरा देखिएको छ ।

त्यहाँ विरुवा रोप्ने कार्यक्रम  पनि तय गरिएको थियो । तर लगातार आगोको झिल्का निस्कीरहने र मिथेन ग्यास निर्माण भइरहने हुँदा विरुवा हुर्किन नसक्ने र चाढै मर्ने वनस्पति विदहरु बताउँछन् ।

स्थानीय डाक्टर कुमुद गुप्ता  श्वासप्रश्वास र पेटको समस्या लिएर दैनिक ७० बच्चाहरु आफूकहाँ  उपचारका लागि आउने गरेको बताउँछन् ।

In this file photo taken on September 1, 2017, people stand atop a garbage landfill after a section collapsed in Ghazipur area in India's capital New Delhi. — AFP

पछिल्लो एक अध्ययनका अनुसार, उक्त डम्पिङ साइट वरपरको ५ किलोमिटर क्षेत्र स्वास्थ्य दृष्टिकोणले अति चुनौतीपूर्ण रहेको भेटिएको छ । क्यान्सर लगायातका महामारी फैलाउन यस फोहोरको पहाड दिन प्रतिदिन अग्लो हुँदै गएको गुनासो स्थानीयवासी बताउँछन् ।

स-साना घरेलु उद्दोग, लगातार चलिरहेका पुराना कलकारखाना र पुराना गाडीहरु संचालनमा वेवास्ता गरेर दिल्ली प्रदुषणलाई भोजन गराईरहेको  छ ।  सरकारीस्तरबाट गरिएको एक सर्वेक्षणअनुसार सन् २०१३ देखि सन् २०१७ सम्म दिल्लीमा ९८१ जनाको ‘आक्युट रेस्पीरेटरी इन्फेक्सन’का कारण मृत्यु भएको छ भने १७ लाख मानिसमा  उक्त इन्फेक्सन रहेको भेटिएको छ ।

भारतीय विभिन्न ठुला शहरहरु विश्वकै अत्याधिक फोहोर उत्पादन गर्ने शहरहरु हुन । ती शहरहरुले ६२ मिलियन टन फोहोर उत्पादन गर्न सक्छन् । सन् २०३० सम्म पुग्दा त्यो बढेर १६५ मिलियन टन पुग्ने सरकारी तथ्यांकले देखाएको छ ।

भारतमा फोहोरको पहाडहरु  आउँदा दिनहरुमा झन् चुलिँदै जाने सम्भावना बढेको छ । यदि भारतीय सरकारले यस समस्या समाधानमा ध्यान नपुर्याए यसले भारतलाई निल्न सक्नेछ ।

-एएफपीबाट साभार

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank